बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

मङ्गलबार, १७ भदौ २०८२, १३ : ५१
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ।
  • कालिकोटको गगने खोलामा गएको पहिरो पन्छाएपछि सडक खण्ड खुलेको हो।
  • सडक अवरुद्ध हुँदा यात्रु र १३ करोड बराबरको स्याउका ट्रक प्रभावित भएका थिए।

‎सुर्खेत । शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ।

‎राजमार्ग अन्तर्गत कालिकोटकाे गगने खोलामा गएको पहिराे हटाइएसँगै सडक खण्ड आजदेखि पूर्ण रूपमा सुचारु भएको हाे। 

‎यस सडक खण्ड सुचारु भएसँगै यस क्षेत्रका सम्पूर्ण यात्रुहरूलाई आवागमन‌ सुरु भइसकेकाे सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

‎सडक अवरुद्ध हुँदा यात्रुहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै नेपाली सेना समेत खटिएर पहिराे पन्छाएकाे थियाे।

‎गगने खाेला सँधै पहिराे गइरहने स्थान हाे । शनिबारदेखि सडक अवरुद्ध हुँदा १३ कराेड बराबरको स्याउका ट्रक बाटाेमा अलपत्र थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप