इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति साउदी अरेबियाबाट पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार एक जना प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ ।
पक्राउ पर्नेमा पर्वत साविक बेउलीबास गाविस–३ ठेगाना भएका दीपक सारू थापा भन्ने खिमबहादुर थापालाई एनसिबी रियाद साउदी अरेबियाको समन्वयमा साउदी अरेबियामा पक्राउ गरी नेपाल ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे जानकारी दिए ।
थापासमेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्मकैद (२० वर्ष) सजाय ठहर भई वारदातपश्चात फरार रहेकाले निज पक्राउ गरी नेपाल ल्याइएको उनले बताए ।
निजलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत साउन २० गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थापालाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिआएका प्रहरीलाई बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनविरुद्ध अर्जेन्टिनाको दोस्रो गोल
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जोर्डनविरुद्ध अर्जेन्टिनाले बनायो अग्रता
-
जोर्डनविरुद्धको खेलमा मेस्सीलाई विश्राम
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण