आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलन

हेटौँडामा सरकारी कार्यालयदेखि व्यावसायिक भवनसम्म जले

मङ्गलबार, २४ भदौ २०८२, १९ : ५६
मङ्गलबार, २४ भदौ २०८२

हेटौँडा । जेनजी आन्दोलनको क्रममा चार घण्टादेखि हेटौँडाका विभिन्न कार्यालय र व्यावसायिक भवन जलिरहेका छन् । 

मंगलबार बिहानबाट प्रदर्शन सुरु भएपनि मध्यान्हमा पुगेपछि आगजनीका घटना हुन पुगेका हुन् । दिउँसो १ बजेबाट बागमती प्रदेश सरकारका कार्यालय भवन जलिरहेका छन् । 

जेनजीसहितका युवा समर्थकहले हेटौंडाका अधिकांश सरकारी कार्यालयहरुमा आगजनी गरेका थिए । बागमती प्रदेश मुख्यमन्त्री कार्यालय, निवास, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रमुख कार्यालय बाहेक अधिकांश कार्यालहरुमा तोडफोडसहित आगजनी गरिएको छ । 

नवनिर्मित प्रदेशसभा भवन, प्रदेशका १० वटा विभागीय मन्त्रालय, प्रमुख सचिवको निजी निवास, सरकारी वकील कार्यालय मकवानपुर, नापी कार्यालय, मालपोत कार्यालय, उच्च अदालत पाटन हेटौंडा इजलास, हेटौंडा उपमहानगरपालिका, उपमहानगरपालिकाको ढाटलगायतमा आगो लगाइएको छ । 

Hetauda Protest5

यस्तै लोकसेवा आयोग हेटौंडा कार्यालय, प्रदेशसभा सचिवालय, यातायात सेवा कार्यालय, जिल्ला अदालत मकवानपुर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा आगजनी गरिएको छ । मनहरी र बकैया गाउँपालिका कार्यालयमा तोडफोर्ड गरिएको छ ।

प्रदर्शनकारीले हेटौंडा–२ स्थित भाटभटेनी सपिङ कम्प्लेक्समा समेत आगजनी गरेका छन् । हेटौंडा–५ स्थित बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र अफिस, एमालेका नेता एकालाल श्रेष्ठको हेटौंडा–४ स्थित घर, हेटौंडा–५ स्थित अजय राज सुमार्गीको घरमा आगजनी गरिएको हो । आगजनीबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । आगजनीका कारण कार्यालयहरुका सवारीसाधन तथा फर्निचरहरु जलेका छन् ।

Hetauda Protest2

प्रदर्शनकारीहरुले हेटौंडा–२ स्थित कांग्रेस पार्टी कार्यालय, हेटौंडा–५ स्थित कांग्रेस बागमती प्रदेश कार्यालय, एमाले मकवानपुरको कार्यालय समेत जलाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप