पोखरामा ८ नाल बन्दुक बरामद
बुधबार, २५ भदौ २०८२, ११ : ४७
कास्की । नेपाली सेनाले देशभरको सुरक्षा व्यवस्थाको कमान्ड सम्हालेपछि पोखराबाट ८ नाल बन्दुक बरामद गरिएको छ ।
मंगलबार राति १० बजेदेखि नेपाली सेना लगायतका सुरक्षा निकायहरू परिचालन भएपछि पोखराबाट ८ नाल र काठमाडौँका विभिन्न स्थानबाट २३ नाल गरी कुल ३१ थान हतियार बरामद गरिएको हो।
सेनाले विषम परिस्थितिमा लुटपाट, आगजनी र विध्वंसात्मक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। यसै क्रममा, काठमाडौँको गौशाला, चाबहिल र बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट रु ३३ लाख ७० हजार नगद बरामद गरिएको छ।
देशभर भइरहेका आगजनी नियन्त्रण गर्न बारुण यन्त्र प्रयोग भइरहेका छन्। साथै, झडपमा परी घाइते भएका २३ जना नेपाल प्रहरीका सदस्य र ३ जना सर्वसाधारणको सैनिक अस्पतालमा उपचार भइरहेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण