मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

चलचित्र घर अनिश्चितकालका लागि बन्द

बुधबार, २५ भदौ २०८२, १२ : ५९
बुधबार, २५ भदौ २०८२

सारांश

  • काठमाडौँ उपत्यकामा शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालन गरिएको छ, जसले जनजीवन सामान्य बनाउँदै छ।
  • सेनाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ।
  • देशभरका चलचित्र घरहरू देशको अवस्था सामान्य नभएसम्म बन्द रहनेछन्।

काठमाडौँ । नेपाली सेनासहितका सुरक्षा फौज शान्ति सुरक्षा कायम गर्न परिचालन भएपछि काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । 

नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान जटिल परिस्थितिका कारण बुधबार पनि देशभरका चलचित्र बन्द रहेको छ ।  

नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थले देशको अवस्था सामान्य नभएसम्म चलचित्र घर बन्द रहने बताएका छन् । मुलुकमा १६५ चलचित्र घर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप