मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

सरकारी कार्यालय तथा बैंकका कर्मचारीहरू कार्यालयसम्म आवतजावत गर्न पाउने

बुधबार, २५ भदौ २०८२, २२ : ३४
बुधबार, २५ भदौ २०८२

काठमाडौँ । नेपाली सेनाले निषेधाज्ञा र कर्फ्युका बेलामा पनि केही अत्यावश्यक सेवालाई सहज बनाइएको जानकारी दिएको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो।

सेनाले काठमाडौँ उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । बुधबार साँझ पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषण गर्दै सेनाले भदौ २६ गते बिहान १० बजेदेखि ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ भने २६ गते बेलुका ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने सेनाले जनाएको छ । 

विज्ञप्तिअनुसार, निषेधाज्ञा र कर्फ्युका दौरान एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका सवारी साधनका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारीसाधन सञ्चालन गर्न पाउनेछन्।

त्यस्तै, सरकारी कार्यालय, बैंक, वित्तीय संस्था र सार्वजनिक संस्थानका कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म जान-आउन सक्नेछन्। यसैगरी, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले पनि आफ्नो टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न पाउनेछन्। आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले आग्रह गरेको छ।

काठमाडौँ उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा अवस्थाअनुसार जिल्ला सुरक्षा समितिले निर्णय गर्ने र सोहीअनुसार व्यवस्थापन गरिने सेनाले जनाएको छ।

546654571_1105605628418582_539956044405520655_n (1)545710519_1105605625085249_3957923351734912628_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप