आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

८८ प्रतिशतले बढ्यो निर्यात

मङ्गलबार, ०७ असोज २०८२, १५ : १७
मङ्गलबार, ०७ असोज २०८२

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दुई (साउनदेखि भदौ मसान्तसम्म) महिनामा कुल वैदेशिक व्यापार ३ खर्ब  ५२  अर्ब ४७ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । 

भन्सार विभागले मङ्गलबार सार्वजनिक गरेको तथ्यांकअनुसार यस्तो पाइएको हो । कुल वैदेशिक व्यापार मध्ये ३ खर्ब ५ अर्ब १५  करोड रुपैयाँ बराबरको आयात भएको छ भने ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको निर्यात भएको हो । 

गत वर्षको तुलनामा ८८.५७ प्रतिशतले निर्यात बढेको छ भने १६.२३ प्रतिशतले निर्यात बढेको छ । गत वर्ष यसै अवधिमा २ खर्ब ६२ अर्ब  ५४ करोड रुपैयाँ बराबरको आयात भएको थियो भने २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ । 

यो अवधिमा निर्यात बढे पनि देशको व्यापार घाटा ८.२९ प्रतिशतले बढेर २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ  । गत वर्ष २ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँको व्यापार घाटा रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप