भारत एसिया कपको फाइनलमा प्रवेश
सारांश
- भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
- सुपर चारको खेलमा बङ्गलादेशलाई ४१ रनले हराउँदै भारत फाइनल पुगेको हो।
- भारतका लागि अभिषेक शर्माले ७५ रन र साहिफ हसनले ६९ रन बनाए।
काठमाडौँ । भारत एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राती भएको सुपर चारको खेलमा बङ्गलादेशलाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १२७ रन बनाउन सक्यो ।
बङ्गलादेशका लागि साहिफ हसनले ६९ रनको अर्धशतकिय पारी खेले । ५१ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे ।
त्यस्तै प्राभेज हुसेनले २१ रन बनाउन बाहेक कुनैपनि ब्याटरले दोहोरो अकमा रन जोड्न सकेनन् ।
भारतका लागि सुलदीप यादवले सर्वाधिक ३ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र वरुण चक्रवर्तीले दुई दुई विकेट लिए । भारतका लागि अक्षर पटेल र तिलक बर्माले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो । भारतका लागि अभिषेक शर्माले ७५ रनको अर्धशतकिय पारी खेले । ३७ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे ।
त्यस्तै हार्दिक ३८ रन बनाउँदा ओपनर शुभमन गिलले २१ रनको योगदान गरे । भारतका तिलक बर्माले १० रन जोड्दा अन्य तीन ब्याटरले दोहोरो अकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ बङ्गलादेशका लागि रिशाद हुसैनले दुई विकेट लिदा ताजिम हसन शाकिब, मुस्तफिजुर रहमान र मोहम्मद सैफुदिनले एक-एक विकेट लिए ।
अब भारतले बङ्गलादेश र पाकिस्तानबिचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण