शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

यमनमा इजरायलको सबैभन्दा ठुलो आक्रमण, आठ जनाको मृत्यु

शुक्रबार, १० असोज २०८२, १० : ५७
शुक्रबार, १० असोज २०८२

सारांश

  • इजरायली सेनाले यमनमा अहिलेसम्मकै ठुलो हवाई आक्रमण गरेको दाबी गरेको छ।
  • हुथी विद्रोहीहरूले बारम्बार गरेको आक्रमणको प्रतिक्रियामा सानामा आक्रमण गरिएको हो।
  • आक्रमणमा नागरिक र आवासीय भवनहरूलाई लक्षित गरिएको र आठ जनाको मृत्यु भएको बताइएको छ।

साना । आफ्नो वायु सेनाले यमनमा अहिलेसम्मकै सबैभन्दा ठुलो आक्रमण गरेको इजरायली सेनाले दाबी गरेको छ । हुथी विद्रोहीहरूले बारम्बार गरेको ड्रोन र मिसाइल आक्रमणको प्रतिक्रियामा यो आक्रमण गरिएको उसले बताएको छ । 

दर्जनौँ विमानहरूले राजधानी सानामा रहेको हुथी सुरक्षा र गुप्तचर सेवाहरू र सैन्य अड्डाहरूमा बमवारि गरेको इजरायल रक्षा बल (आईडीएफ)ले बताएको छ ।

इजरायलद्वारा गरिएको आक्रमणलाई हुथी सरकारद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले क्रूर अपराध भनेको छ । आक्रमणले नागरिक र आवासीय भवनहरूलाई लक्षित गरेको र यसमा आठ जनाको मृत्यु भएको मन्त्रालयले भनेको छ । 

इजरायली रेड सी रिसोर्ट इलातमा हुथी ड्रोन आक्रमणमा २२ जना घाइते भएको एक दिन पछि इजरायलद्वारा यो आक्रमण भएको हो । रिसोर्टमा भएको आक्रमणमा दुई जना गम्भीर घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप