शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
एसिया कप

एसिया कपको उपाधि भारतलाई

सोमबार, १३ असोज २०८२, ०० : १२
सोमबार, १३ असोज २०८२

सारांश

  • भारतले एसिसी एसिया कप क्रिकेटको उपाधि जितेको छ।
  • दुबईमा भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले उपाधि जित्यो।
  • टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १४६ रन बनायो।

काठमाडौँ । भारतले नवौँ पटक एसीसी एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले उपाधि आफ्नो पक्षमा पारेको हो । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको १४७ लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा ५  विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । 

भारतका लागि तिलक बर्माले ६९ रनको अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । 

त्यस्तै शिभम दुवेले ३३ रन बनाउँदा सन्जु श्यामसनले २४ रनको योगदान गरे । 

पाकिस्तानका लागि फाइम अस्रफले तीर्न विकेट लिए । त्यस्तै शाहिन्सा अर्फिदी र अब्रार अहमदले एक–एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४६ रन बनाएको थियो । 

पाकिस्तानका लागि सहिबजादा फ्रहानले ५७ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । 

त्यस्तै फकर जमानले ४६ रन बनाउँदा साइम अ‍ैयुवले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बलिङतर्फ भारतका लागि कुलदीप यादवले सर्वाधिक चार विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चे । त्यस्तै जसप्रित भुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले दुई दुई विकेट लिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप