आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री कार्कीले भेटिन् जेनजी आन्दोलनमा मृत्यु भएकाको परिवार

बिहीबार, १६ असोज २०८२, १६ : ०७
बिहीबार, १६ असोज २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीमा जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको परिवारलाई भेटेकी छन् । 

आज प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्दै छिन् । 

जसअनुसार कार्कीले सुरुमा बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी छन् । 

त्यस्तै नागर्जुन-३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई पनि भेट्ने सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि देखिएका थिए । 

प्रधानमन्त्री कार्कीले यसअघि नै जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा दसैँमा टीका नलगाने बताइसकेकी छन् ।

sushila-jagadish (3)sushila-jagadish (4)sushila-jagadish (5)sushila-jagadish (1)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप