शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

वेस्ट इन्डिज पहिलो दिनमै धराशायी, भारत बलियो स्थितिमा

बिहीबार, १६ असोज २०८२, १९ : ५९
बिहीबार, १६ असोज २०८२

सारांश

  • अहमदाबादमा भएको पहिलो टेस्टमा वेस्ट इन्डिज १६२ रनमा समेटियो।
  • मोहम्मद सिराजले ४ र जसप्रीत बुमराहले ३ विकेट लिए भने भारतले २ विकेट गुमाएर १२१ रन बनायो।
  • वेस्ट इन्डिजका ग्रीभ्सले ३२ रन बनाए भने चन्द्रपावलका छोरा शून्य रनमा आउट भए।

अहमदाबाद । भारत र वेस्ट इन्डिजबिच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु भएको पहिलो टेस्टको पहिलो दिनमै वेस्ट इन्डिजको टोली कमजोर साबित भएको छ। टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजको पहिलो इनिङ्स ४४.१ ओभरमा १६२ रनमा समेटियो। 

वेस्ट इन्डिजलाई भारतीय स्पिनरहरूको डर भए पनि भारतीय तीव्र गतिका बलरहरू नै हाबी भए। भारतका लागि मोहम्मद सिराजले ४ र जसप्रीत बुमराहले ३ विकेट लिए भने स्पिनरहरू कुलदीप यादवले २ र वासिङ्टन सुन्दरले १ विकेट लिए। 

वेस्ट इन्डिजका जस्टिन ग्रीभ्सले सर्वाधिक ३२ रन बनाए पनि कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेनन्। दिउँसोको खानासम्म वेस्ट इन्डिजले ९० रनमा ५ विकेट गुमाएको थियो। शिवनारायण चन्द्रपावलका छोरा तेगनारायण चन्द्रपावल खाता नखोली आउट भए। सिराजले नयाँ बलमा उत्कृष्ट प्रदर्शन गर्दै वेस्ट इन्डिजको सुरुवाती ६ विकेटमध्ये ४ विकेट लिएका थिए।

जवाफमा भारतले दिनको समाप्तिसम्म २ विकेट गुमाएर १२१ रन बनाएको छ। भारत अब पहिलो इनिङ्सको आधारमा केवल ४१ रनले पछि छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप