कोशीमा तीन दिनमा ४५ जनाको मृत्यु, २९ हजार प्रभावित
सारांश
- कोशी प्रदेशमा अविरल वर्षा र विपद्का कारण ४५ जनाको मृत्यु भएको छ, भने ४२ जना घाइते भएका छन्।
- इलाममा ३८ जनाको मृत्यु भएको छ, भने ६ हजार ४४८ घरपरिवार विस्थापित भएका छन्।
- प्रहरीले २ हजार १ सय ५ जनाको उद्धार गरेको छ, तर १८ स्थानमा सडक अवरुद्ध छन्।
विराटनगर । तीन दिनमा कोशी प्रदेशका विभिन्न जिल्लामा परेको अविरल वर्षा र त्यसपछिको विपद्का कारण ठुलो जनधनको क्षति भएको छ । असोज १८ गतेदेखि २० गते साँझ ५ बजेसम्मको प्राप्त विवरणअनुसार विपद्मा परी ४५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । यसैगरी, ३ जना अझै बेपत्ता छन् । कैयन् परिवार विस्थापित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार मृत्यु हुने ४५ जनामध्ये ३८ जना इलाम जिल्लाका मात्रै रहेका छन् । यसैगरी, पाँचथर र उदयपुरमा २–२ जना तथा मोरङ, सुनसरी र खोटाङमा १–१ जनाको मृत्यु भएको छ ।
घाइते हुनेको संख्या ४२ पुगेको छ । जसमा इलाममा मात्रै २६ जना घाइते भएका छन् । यसबाहेक पाँचथर र भोजपुरमा ३–३ जना, सुनसरी र धनकुटामा २–२ जना, तथा ताप्लेजुङ, उदयपुर, ओखलढुङ्गा र खोटाङमा १–१ जना घाइते भएका छन् । साथै, इलाम, सुनसरी र भोजपुरबाट १–१ जना गरी कुल ३ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
विपद्का कारण ६ हजार चार सय ४८ घरपरिवार विस्थापित भएका छन् । जसमध्ये झापामा मात्रै ५ हजार ५ सय ३३ घरपरिवार विस्थापित भएका छन् । त्यसैगरी, सुनसरीमा ५ सय, मोरङमा ३ सय ८६, उदयपुरमा २०, धनकुटामा ६ तथा सोलुखुम्बुमा ३ घरपरिवार विस्थापित भएका छन् । विपद्बाट कुल २९ हजार ३९२ जना प्रभावित भएकोमा झापामा मात्रै २५ हजार ४८१ जना प्रभावित भएका छन् ।
विपद् प्रभावित क्षेत्रमा नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको छ । हालसम्म प्रहरीले २ हजार १ सय ५ जनाको सफल उद्धार गरेको जनाएको छ । सबैभन्दा बढी मोरङबाट १ हजार ७६४ जनाको उद्धार गरिएको छ । त्यसैगरी, झापाबाट २८१, उदयपुरबाट ५२ र इलामबाट ८ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहत कार्यका लागि प्रदेशभरमा २ हजार ३३७ जना प्रहरी परिचालन गरिएको जनाइएको छ ।
विपद्का कारण विभिन्न जिल्लाका १८ स्थानमा सडक अझै अवरुद्ध छन् । जसले गर्दा उद्धार तथा राहत सामग्री ढुवानीमा कठिनाइ भएको प्रहरीले जनाएको छ । भोजपुर र उदयपुरमा ४–४ स्थान, धनकुटामा ३, संखुवासभा र खोटाङमा २–२ तथा इलाम, सुनसरी र ओखलढुंगामा १–१ स्थानमा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । मुख्यगरी कोशी राजमार्ग अन्तर्गात संखुवासभाको भोटखोला ४ बरुणखोला, मकालु गाउँपालिका ३ एकुवा सडक खण्ड अवरुद्ध बनेको छ । यस्तै इलाम ९ राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । यस्तै भोजपुरको टेम्के मैंयुङ गाउँपालिका १ श्रीदल स्थित मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण