आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनका ३० घाइते अझै १२ वटा अस्पतालमा

मङ्गलबार, २१ असोज २०८२, १५ : २१
मङ्गलबार, २१ असोज २०८२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जना देशका विभिन्न अस्पतालहरू उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरका १२ अस्पतालमा ३० जना घाइतेहरू उपचाररत छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार २ हजार ३९६ घाइतेमध्ये २ हजार २३७ जना घर फर्किसकेका छन् । आन्दोलनमा क्रममा ४९ जनाको अस्पतालमा मृत्यु भएको थियो । 

घाइते उपताररत अस्पताल

सिभिल सर्भिस अस्पताल – १

राष्ट्रिय ट्रमा सेन्टर–११

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल–३

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ५

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान –१

नेपाल प्रहरी अस्पताल– १

कीर्तिपुर अस्पताल– १

बी एन्ड बी अस्पताल सातदोबाटो ३

ह्याम्स अस्पताल– १

विराटनगर मेडिकल कलेज शिक्षण अस्पताल– १

नोबेल मेडिकल कलेज शिक्षण अस्पताल– १

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान–१

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप