मोटरसाइकल दुर्घटनामा घाइते स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु
बिहीबार, २३ असोज २०८२, १५ : १२
धनगढी । बझाङमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ ।
जयपृथ्वी नगरपालिका वडा नम्बर ३ निवासी ३८ वर्षीय नरजित बहादुर खड्काको बिहीबार मृत्यु भएको हो ।
उनी गत असोज १७ गते साँझ जयपृथ्वी नगरपालिका–२ बाट आफ्नो घरतर्फ फर्कने क्रममा उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई तत्काल जिल्ला अस्पताल सिमखेतमा प्राथमिक उपचारका लागि लगिएको थियो । तर, अवस्था जटिल बनेपछि थप उपचारका लागि उनलाई धनगढी हुँदै भारत पठाइएको थियो ।
उनी तलकोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखका रूपमा कार्यरत थिए।खड्का राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल, जिल्ला कमिटी बझाङका अध्यक्ष थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण