आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

जापानद्वारा नेपाललाई १३२ रनको लक्ष्य

शुक्रबार, २४ असोज २०८२, १७ : ४६
शुक्रबार, २४ असोज २०८२

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा जापानले नेपाललाई जितका लागि १३२ रनको लक्ष्य दिएको छ ।

अल इमिरेट्स क्रिकेट मैदानमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनायो । 

जापानका लागि केन्डेल काडोवाकी–फ्लेमिङले ६० रनको अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहा गरे । त्यस्तै ईसम रहमानले ३१ रन बनाउँदा बेन्जामिन इल्टो डेभिसले १७ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने र गुलशन झाले दुई–दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र नन्दन यादवको नाममा एक–एक विकेट रह्यो ।

आजको खेलमा जित निकाल्दै नेपाल सुपर सिक्समा आफ्नो दुई अङ्क सुरक्षित गर्ने योजनामा छ ।नेपाल र जापान सुपर सिक्समा पुगिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप