शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सेनाले भन्यो– जेनजी आन्दोलनपछि ‘आवश्यकताको सिद्धान्त’ मनन गरेर आवश्यक पहल लियौँ

शुक्रबार, ३१ असोज २०८२, १५ : ०९
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • नेपाली सेनाले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्त अनुसार पहल लिएको जनाएको छ।
  • सेनाका अनुसार जेनजी आन्दोलनको विकासक्रम अचानक रूपमा प्रस्तुत भयो।
  • सेनाले आन्दोलनलाई मत्थर बनाउन अन्य सुरक्षा निकायसँग मिलेर काम गरेको जनाएको छ।

काठमाडौँ । नेपाली सेनाले जेनजी आन्दोलनपछि ‘आवश्यकताको सिद्धान्त’ अनुसार आवश्यक पहल लिइएको जनाएको छ। 

सेनाको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जेनजी आन्दोलनको तरङ्ग केही अघिबाटै देखिएको भए पनि त्यसको ‘इभोलुसन’ अर्थात् विकासक्रम अचानक रूपमा प्रस्तुत भएको बताए।

थापाले भने, 'जेनजी तरङ्ग केही अघिबाट देखिएको थियो, तर सिलसिलेवार इभोलुसनमा प्रकट नभई अचानक प्रस्तुत हुन आइपुग्यो।'

 सेनाले उक्त परिस्थिति मनन गर्दै आवश्यकताको सिद्धान्तका आधारमा आवश्यक पहल लिएको उनको भनाइ थियो। उनले भने, 'आवश्यकताको सिद्धान्त मनन गरेर आवश्यक पहल लिएको हो। अन्य सुरक्षा निकायसँग काँधमा काँध मिलाएर सेनाले सहकार्य गर्दै आएको छ।'

आन्दोलनलाई मत्थर बनाउन समयमै सेनाले पहल नलिएको विषयमा उठेका प्रश्नबारे थापाले भने, 'त्यो प्रश्न आफैँमा विरोधाभासपूर्ण छ। हाम्रो उद्देश्य जनधनको सुरक्षा र राष्ट्रको रक्षा नै हो।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप