शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

पटक–पटक संसद् विघटन गर्नेहरूले पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद : प्रचण्ड

शनिबार, ०१ कात्तिक २०८२, १६ : १०
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • प्रचण्डले संसद विघटन गर्नेहरूले पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताए।
  • उनले निर्वाचन भाँड्ने काम नगर्न चेतावनी दिँदै राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गर्नुपर्ने बताए।
  • प्रचण्डले समाजवादी मोर्चामा आबद्ध बाम शक्तिहरूको औपचारिक एकता चाँडै घोषणा हुने जानकारी दिए।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक विघटन गर्नेहरूले अहिले संसद् पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घले शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यसअघि संसद् विघटन गर्ने केपी ओलीको समूहले अहिले संसद् पुनः स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण भएको बताएका हुन् ।

उनले आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको उल्लेख गर्दै निर्वाचन हुन नसके देशमा अर्को अराजकता आउन सक्ने बताए । । घोषित निर्वाचनलाई भाँड्ने काम कसैले नगर्न उनले चेतावनी दिए ।  प्रचण्डले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी रहेको जिकिर गरे ।

उनले सरकार निर्वाचन गर्न गम्भीर रहेको विश्वास आफूलाई रहेको बताए । प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्र्याकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्र्याकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताए । उनले समाजवादी मोर्चामा आबद्ध बाम शक्तिहरूबिच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिए ।

प्रचण्डले जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीको रूपमा चित्रण गर्दै उनीहरूमाथि अपमानजनक टिप्पणी जायज नहुने स्पष्ट पारे । त्यस्तै उनले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्टाउन नसक्दा बलिदानका उपलब्धिहरूलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप