शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

संवैधानिक रिक्तता टार्न संसद् पुनर्स्थापना नै एकमात्र विकल्प : केपी ओली

शनिबार, ०१ कात्तिक २०८२, १७ : १३
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • केपी शर्मा ओलीले देशलाई संवैधानिक रिक्तताबाट जोगाउन संसद पुनर्स्थापनाको विकल्प नभएको बताए।
  • ओलीले वर्तमान सरकारको निर्वाचन गर्ने चाहना नभएको र सरकारलाई संविधानले नचिन्ने बताए।
  • उनले देशमा प्रतिगमन भएको र प्रतिनिधिसभाको पुनर्स्थापना हुनुपर्ने धारणा राखे।

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई संवैधानिक रिक्तताबाट जोगाउन संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले असंवैधानिक तवरले बनेको सरकारको निर्वाचन गर्ने कुनै चाहना नभएको जिकिर गरे।

फागुन २१ गते निर्वाचनको मिति तोक्न, तर राजनीतिक दलहरूसँग संवाद नगरी निषेध र दमन गर्ने कामले तोकिएको समयमा निर्वाचन हुन नसक्ने उनको भनाइ छ। अध्यक्ष ओलीले वर्तमान सरकारलाई संविधानले समेत नचिन्ने भन्दै अहिले क्रान्ति नभई प्रतिक्रान्ति भएकाले देश हिंसा र अराजकतामा धकेलिएको तर्क गरे।

अहिले देशमा भएको प्रतिगमनलाई सच्चाउनका लागि पनि प्रतिनिधिसभाको अविलम्ब पुनर्स्थापना हुनुपर्ने उनले बताए। उनले आफूलाई उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाउँदै नेपालको जुनसुकै स्थानमा जाने भन्दै रोकेर देखाउन चुनौती दिए।

ओलीले तिहारमा औँसीको अँध्यारो रातलाई उज्यालोले चिरेझैँ अहिले देशमा छाएको अँध्यारोलाई पनि उज्यालो बालेर चिर्नुपर्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप