बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

आठौँ पिस फिटनेस सेन्टर ब्याडमिन्टन प्रतियोगिता सुरु

आइतबार, ०२ कात्तिक २०८२, ०६ : ५७
आइतबार, ०२ कात्तिक २०८२

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ पेप्सीकोला र कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६,७,८,९ का व्याटमिन्टन खेलाडीहरूको सहभागिता रहेको आठौँ पिस फिटनेस सेन्टरको आन्तरिक तथा बाह्य ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । 

पिस फिटनेस सेन्टरको आयोजनामा भएको यस प्रतियोगितामा शनिवार ४७ टिमको खेले भएको छ । प्रतियोगिता मेन्स डवल खुल्लामा ४७ टिम, मेन्स डवल भेट्रान ३९ र मेन्स डवल ५५ वर्ष उमेर माथिका १७ टिम रहेका छन् । 

प्रतियोगिता अन्तर्गत आइतबार ३९ र सोमबार १७ खेल हुनेछ । शनिबार पिस फिटनेस सेन्टरको ब्याडमिन्टन कभर्डहलमा अध्यक्ष तथा व्याटमिन्टनको राष्ट्रिय च्याम्पियन (भेट्रान्स) सञ्जय कपालीले व्याटमिन्टनका नेशनल अम्पायर राजु देउजालाई सटल कर्क हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए । 

5

प्रतियोगितामा महालेखा परीक्षक तोयमराज राय, मधेस प्रदेशका प्रमुख सचिव मदन भुजेल, नेपाल राष्ट्र बैंक पूर्व कार्यकारी निर्देशक मनमोहन कुमार श्रेष्ठ, उच्च अदालतका पूर्वन्यायाधीश भरतराज लम्साल तथा ७६ वर्षीय देवराज केसीलगायत सहभागी थिए । 

337e37c7-25c4-427c-a2cc-c8ac147eee04

सेन्टरका सचिव तथा प्रतियोगिताका संयोजक नरेन्द्रराज न्यौपानेको संयोजकत्वमा खेल नक आउट सिस्टममा भइरहेको छ ।

67

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप