शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस चुनावबाट भाग्दैन, सरकारले वातावरण बनाओस् : कार्यवाहक सभापति खड्का

मङ्गलबार, ०४ कात्तिक २०८२, ११ : १६
मङ्गलबार, ०४ कात्तिक २०८२

सारांश

  • कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस चुनावबाट नभाग्ने बताए।
  • उनले सरकारलाई चुनावको वातावरण बनाउन आग्रह गरे।
  • खड्काले वर्तमान राजनीतिक अन्योलका लागि सरकारलाई जिम्मेवार रहेको बताए।

‎ सुर्खेत । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस चुनावबाट नभाग्ने र त्यसका लागि तयार रहेको स्पष्ट पारेका छन्। 

‎‎उनले सरकारलाई चुनावको वातावरण बनाउन आग्रह गरेका छन्।

‎‎मंगलबार बिहान वीरेन्द्रनगरमा आयोजित कांग्रेस सुर्खेतका पूर्व सभापति एवं जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति स्वर्गीय गोविन्दबहादुर मल्लको १३औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै खड्काले वर्तमान राजनीतिक अन्योलका लागि सरकारलाई जिम्मेवार रहेको बताए । 

‎‎खड्काले भने, 'कांग्रेस चुनावबाट भाग्दैन, चुनावको वातावरण सरकारले बनाउनुपर्छ। हामी चुनावका लागि तयार छौँ। सरकारले वातावरण तयार गरोस्।'

‎‎ उनले कांग्रेस सधैँ लोकतान्त्रिक प्रक्रिया र जनमतको सम्मान गर्ने पार्टी भएकोले निर्वाचनका लागि जुनसुकै बेला तयार रहेको दोहोर्‍याए।

‎‎साथै, खड्काले कुनै पनि प्रकारको कानुनी प्रक्रियाबाट हुने छानबिन तथा अनुसन्धानमा कांग्रेसको समर्थन रहने बताएका छन्। तर, वर्तमान सरकारमा रहेका व्यक्तिहरूबाट पूर्वाग्रही तरिकाले राजनीतिक दलका नेताहरूमाथि लाञ्छना लगाउने काम भइरहेकोमा उनले आपत्ति जनाए।

‎‎'अहिले देशमा देखिएको अन्योललाई बढवा दिने काम पनि सरकारमा रहेका व्यक्तिहरूबाट भएको छ,' खड्काले थपे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप