देश ठुलो सङ्कटमा छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश धेरै ठुलो सङ्कटमा फसेको बताएका छन् । महोत्तरीको गोपालपुरमा बुधवार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
'यसअघि थुप्रै आन्दोलन भएको थियो तर यो खालको विध्वंस कहिले भएको थिएन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत ऐतिहासिक धरोहर जलाइएको छ' उनले भने ।
उनले शान्ति सम्झौताका लागि सबै दलहरू एकजुट हुनुपर्नेमा जोड दिए । उनले सबैको असन्तुष्टिलाई सम्बोधनका लागि निर्वाचनमा जानुपर्ने बताए । माओवादीको भूमिका कारण राष्ट्रपति संस्था बचेको समेत उनले बताए ।
जेनजी पुस्ताका अगुवासँग लगातार आफूले छलफल गरेको बताउँदै उनले यो देशको अभिभावको भूमिकामा माओवादी आउने दाबी गरे ।
जेनजीको माग माओवादीले नै पूरा गर्न सक्ने बताउँदै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा माओवादीले नै ल्याएको दाबी गरे ।
माओवादीको जनयुद्ध पनि जेनजीले नै गरेको उल्लेख गर्दै उनले अहिले पनि आफूले पार्टीमा जेनजी पुस्तालाई प्राथमिकतामा राखेको दाबी गरे ।
'यतिबेला सबै दलले सङ्कटमा छ तर माओवादी सङ्कटमा छैन, यो देशको नेतृत्व माओवादीले नै गर्नुपर्छ भनी बौद्धिक जगतले भनेको छ,'प्रचण्डले भने ।
प्रचण्डले विगतमा वाम एकता गरेर दुई तिहाइ बहुमत ल्याएको तर एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण त्यो नटिकेको दाबी गरे । अब फेरि वाम एकताको पहल सुरु भएको बताए ।
प्रचण्डले जिम्मेवारीबाट आफू नभाग्ने तर अध्यक्ष भएर बस्ने सोच आफ्नो नरहेको समेत प्रस्ट पारे । उनले भने, ‘म जिम्मेवारीबाट पन्छिएर बिचैमै भाग्ने मान्छे होइन, तर अध्यक्ष बस्नै पर्छ भन्ने छैन ।अध्यक्ष को बन्ने हो,त्यो अगाडि आउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
-
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
-
लागुऔषधसहित पाँच जना पक्राउ
-
ओलीका अगाडि खेलाडीले देखाए खेलकला, तस्बिरहरू
-
पार्टी एकता हुँदैन, अपहरित लोकतन्त्र फर्काउन संयुक्त सङ्घर्ष जरुरी : केपी ओली
-
१५ वर्ष कैद सजायका फरार कैदी कपिलवस्तुबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण