सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिको चासो
काठमाडौँ । सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिले चासो देखाएको छ । सङ्घीय सरकारले टुक्रे योजनाहरूका बजेट कटौती गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयप्रति बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले चासो देखाएको हो ।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाले नियमित विनियोजित बजेट धेरै बजेटहरू कटौती भएकोले त्यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउने बताए ।
कुन आधारमा बजेट कटौती गरिएको भन्ने बारेमा समितिले सरकारसँग प्रष्टीकरण माग्ने उनले जानकारी दिए ।
उनले समितिले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा हुने शान्ति सुरक्षा, माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका अवस्थाका बारेमा पनि सरकारसँग बुझ्ने प्रयास गर्ने बताए ।
उनले बैठकमा समितिले विगतमा बनाएको कार्ययोजना र परिवर्तित समयपश्चात आगामी दिनका कसरी जाने भन्ने विषयमा छलफल जानकारी दिए ।
उनले समितिमा विगतमा भइरहेका छलफलहरूलाई पनि आवश्यकताको आधारमा आगामी दिनमा पनि निरन्तरता दिने बताए ।समितिमा आएका विषयहरूलाई छलफल गरेर कार्यान्वयनका लागी सरकारकालाई निर्देशन दिने उनको भनाई छ ।
उनले भने, ‘हाम्रो पहिले नै निरन्तर चलिरहेको विषय छ, राष्ट्रिय गौरवका आयोजनाहरूको सम्बन्धमा, निर्वाचन आयोगको सम्बन्धमा, आयोगहरूको सम्बन्धमा, संविधानको सम्बन्धमा, संविधानका केही बुँदाहरूमा सम्बन्धमा पनि हामीले विगतमा धेरै छलफलहरू गरेका थियौँ । तर अब परिवर्तित समयमा हामी कसरी जान्छौँ भनेर हाम्रो फोकस भनेको कसरी निर्वाचनमा शान्ति सुरक्षाहरू कसरी हुन्छ, के हुन्छ । त्यसैगरी राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुन्छ, त्यसको अवस्था के छ, शान्ति सुरक्षाको विषयमा के छ, त्यो सम्बन्धमा पनि हामी सरकारसँग बुझ्ने प्रयास गर्छौ । निरन्तर भइरहेको बजेटहरूको सम्बन्धमा पनि धेरै बजेटहरू कटौती भएको छ, के भएको छ, त्यो सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गराउने र त्यो कटौतीका आधारहरू के के हो भनेर सरकारसँग सोध्न हामी प्रयास गर्छौँ ।’
उनले राष्ट्रिय सभाको बैठक पनि छिट्टै सञ्चालन हुने बताए । बैठक सञ्चालनको लागी राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पहल गरिरहेको उनको भनाई छ । जेनजी आन्दोलन पश्चात् पहिलो पटक समितिको बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण