शिक्षिका मृत्यु प्रकरण: सरकारी वकिल नहुँदा बयान सर्यो
सारांश
- डोटीमा शिक्षिका मृत्यु प्रकरणमा सरकारी वकिल नहुँदा प्रतिवादीको बयान स्थगित भएको छ।
- शिक्षिका जानकी खड्काले शिक्षा अधिकृत गणेशबहादुर रावलले विवाहका लागि दबाब दिएको र धम्की दिएको कुरा उल्लेख गरेकी थिइन्।
- मृतक परिवारको जाहेरीका आधारमा गणेश रावल हाल प्रहरी हिरासतमा छन्।
धनगढी । डोटीमा शिक्षिका मृत्यु प्रकरणमा शुक्रवार प्रतिवादीको बयान लिने तयारी गरिए पनि सरकारी वकिल नहुँदा रोकिएको छ। जिल्लामा सरकारी वकिल नहुँदा बयान कार्तिक १७ गतेसम्मका लागि सरेको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार शुक्रवारदेखि प्रतिवादीको बयान लिने प्रक्रिया अगाडि बढाउने भनिए पनि सरकारी वकिल जिल्लामा नहुँदा उक्त काम पछि सरेको हो।
‘प्रतिवादीको बयान हिजो लिने भनिएको भए पनि सरकारी वकिल हुनुभएन, त्यसैले अव १७ गते बयान लिने तयारी छ, अहिले प्रहरीले आफ्नो निकायले हुने काम गरिरहेको छ, वकिल जिल्लाबाहिर हुँदा बयान लिने काम सरेको हो, वकिल आउनुभएपछि बयानको काम हुन्छ’ उनले भने।
कात्तिक १० गते पूर्वीचौकी गाउँपालिका–१ निवासी २७ वर्षीय शिक्षिका जानकी खड्का घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत जानकी कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको चौथो सेमेस्टरमा अध्ययनरत थिइन् ।
जानकीले मृत्युअघि लेखेको पत्रमा जिल्ला शिक्षा समन्वय एकाइ डोटीका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक गणेशबहादुर रावलले आफूलाई विवाहका लागि निरन्तर दबाब दिएको खुलासा गरेकी छन् । रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसँग मित्रता गाँसेर लगातार मानसिक तनाव दिन थालेको जानकीको सो पत्रमा उल्लेख छ ।
विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले जानकीका भाइ प्रदीपलाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्की दिएको कुराले जानकी थप त्रसित बनेको पत्रबाट खुल्न आएको छ।
घटनापछि मृतक परिवारको जाहेरीका आधारमा गणेश रावल प्रहरी हिरासतमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ एजेन्डासहित कांग्रेस इतर समूहका युवाद्वारा बृहत् भेला आह्वान
-
‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’
-
जेठमा ६ फिल्म, असारमा भने खडेरी !
-
बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री वाग्ले
-
स्थानीयको प्रत्यक्ष सहभागितामा सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
५ जनाले मत हालेपछि रोकिएको थियो रास्वपा बागमतीको चुनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण