बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पोखरा रङ्गशालामा आज नेपथ्यको कन्सर्ट

शुक्रबार, २१ कात्तिक २०८२, १५ : २७
शुक्रबार, २१ कात्तिक २०८२

पोखरा । पोखरामा शुक्रबार नेपथ्यको कन्सर्ट हुँदै छ । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले क्रिकेटको प्रचार र विकासका लागि भन्दै कन्सर्ट आयोजना गरेको हो । 

पोखरा रङ्गशालाको फुटबल स्टेडियममा हुने कन्सर्टको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

कन्सर्टमा उठेको रकमबाट गण्डकी प्रदेशका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरण गर्ने लक्ष्य लिइएको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए । उनका अनुसार कन्सर्टमा क्षमता अनुसारको टिकट विक्री भैसकेको छ ।

टिकट भनेर छुट्टै नराखिएपनि आयोजकले विभिन्न क्याटोगोरीमा जर्सीलाई प्रवेश पासका रूपमा विक्री गरेको थियो । सुरुका १ हजार दर्शकलाई ९ सय ९९ मा राखिएको जर्सी त्यसपछि १ हजार ४ सय ९९ रुपैयाँमा दिइएको थियो ।

मङ्सिर १ गतेबाट सुरु हुने एनपीएलको दोस्रो संस्करणको तयारी तीव्र छ । कन्सर्टमा नेपथ्यका प्रमुख गायक अमृत गुरुङले दर्जन भन्दा बढी गीत प्रस्तुत गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप