बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माओवादी भोजपुर रामप्रसादराई गाउँ पार्टीद्वारा १० पार्टीबिचको एकताप्रति असहमति

मङ्गलबार, २५ कात्तिक २०८२, २० : ३७
मङ्गलबार, २५ कात्तिक २०८२

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गत भोजपुरको रामप्रसादराई गाउँ पार्टी कमिटीले हालै भएको १० पार्टीबिचको एकता प्रक्रियाप्रति असहमति जनाएको छ ।

गाउँ पार्टी कमिटीले बदलिएको परिस्थितिमा आन्तरिक पार्टीलाई रूपान्तरण सहित एकताबद्ध बनाउनुपर्ने भए पनि एकता प्रक्रियामा जनताको भावना र कार्यकर्ताको आकांक्षा विपरीत भएको एक मार्फत भनिएको छ ।

मंगलबार पत्रमा भनिएको छ, ’पार्टी एकताको नाममा आफ्नो विचार, इतिहास र पहिचान गुमाउने गरी गरिएको निर्णयले पार्टीको छवि माथि नै प्रश्न उठाएको छ। यस्तो एकता हाम्रो पार्टीको आधारभूत सिद्धान्त विपरीत भएकाले हामी त्यसप्रति गम्भीर असहमति जनाउँछौँ ।’

गाउँ पार्टी कमिटीका अध्यक्ष सुरेश चन्द्र राई, उपाध्यक्ष अमर राई, सचिव सोमकुमार राई, सह–सचिव विनोद मगर र कोषाध्यक्ष रमेश सुनारले उक्त पत्रमा हस्ताक्षर गरेका छन् ।

पत्रमा पार्टीभित्र विचार, सङ्गठन र पहिचानको रक्षा गर्दै वैचारिक एकतालाई प्राथमिकता दिन आग्रह गरिएको छ। रामप्रसादराई गाउँपालिका हालै माओवादी एकताप्रति असहमति जनाउँदै प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय भएका नेता सुदन किरातीको गृहपालिका हो ।

568738416_1347299367184638_8384583907491572873_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप