नेतन्याहुलाई माफी दिन इजरायली राष्ट्रपतिलाई ट्रम्पको अनुरोध
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलका राष्ट्रपतिलाई प्रधानमन्त्री नेतन्याहुलाई माफी दिन आग्रह गरेका छन्।
- ट्रम्पले नेतन्याहुमाथि लागेको भ्रष्टाचार मुद्दालाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएका छन्।
- इजरायलका राष्ट्रपति हर्जोगले माफीका लागि औपचारिक अनुरोध पेस गर्नुपर्ने बताएका छन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका राष्ट्रपतिसमक्ष त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई माफी दिन आग्रह गरेका छन् । ट्रम्पले इज्याक हर्जोगको नाममा एउटा पत्र लेख्दै लामो समयदेखि भ्रष्टाचार मुद्दाको सामना गरिरहेका नेतन्याहुलाई माफी दिन भनेका हुन् । यो मुद्दाले देशमा गहिरो राजनीतिक विभाजन निम्त्याएको छ ।
यसलाई नेतन्याहूको पक्षमा हस्तक्षेप गर्ने ट्रम्पको पछिल्लो प्रयासको रूपमा हेरिएको छ । ट्रम्पको यस पत्रले इजरायलको आन्तरिक मामिलामा अमेरिकी प्रभावमाथि प्रश्न उठाएको छ । गाजा युद्धमा युद्धविराम योजनालाई प्रवर्द्धन गर्ने आफ्नो छोटो भ्रमणको क्रममा ट्रम्पले गत महिना इजरायली संसद् (नेसेट) मा पनि नेतन्याहूलाई माफी दिन पनि आह्वान गरेका थिए ।
पत्रमा ट्रम्पले भ्रष्टाचार मुद्दालाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित र अनुचित भनेका छन् । पत्रमा ट्रम्पले इजरायल र त्यहाँका जनताले तीन वर्षयताको कठिन समयलाई पछाडि छाडिरहेको स्थितिमा निर्णायक युद्धकालमा देशलाई प्रधानमन्त्रीको रूपमा सेवा गरेका र अहिले इजरायललाई शान्तितिर डोहोर्याइरहेका नेतन्याहूलाई पूर्ण माफी दिन आग्रह गरेका छन् ।
नेतन्याहू इजरायली इतिहासमा तीन अलग–अलग मुद्दामा धोखाधडी, विश्वास उल्लङ्घन र घूसखोरीको आरोपको सामना गर्ने एक मात्र प्रधानमन्त्री हुन् । तर उनले आफूमाथिका यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् । यसलाई उनले बरु उल्टै मिडिया, प्रहरी र न्यायपालिकाद्वारा रचित षड्यन्त्र भनेका छन् ।
उनले गत वर्षदेखि धेरै पटक यसबारे बयान पनि दिएका छन् । तर युद्ध र अक्टोबर २०२३ मा हमासको नेतृत्वमा भएको आतङ्कवादी हमलाका कारण यो मुद्दा बारम्बार स्थगित भइरहेको छ ।
इजरायलमा राष्ट्रपतिको पद सेरेमोनियल मात्रै हो । तर उनीसँग प्रधानमन्त्रीलाई माफी दिने अधिकार छ । हर्जोगले पनि ट्रम्पको पत्र प्राप्त गरेको पुष्टि गरेका छन् । राष्ट्रपतिले माफीका लागि औपचारिक अनुरोध पेस गर्नुपर्ने उनले बताएका छन् ।
ट्रम्पको अनुरोधमा कसरी प्रतिक्रिया दिने भनेर हर्जोगले केही पनि सङ्केत गरेका छैनन् । तर नेतन्याहुमाथिको भ्रष्टाचार मुद्दाले देशमा विचलन र विभाजनको कारण बन्न सक्ने उनको ठम्याई रहेको बुझिएको छ । यो स्थिति टार्न अभियोजन पक्ष र नेतन्याहुबिच सम्झौता होस् भन्ने चाहना उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक सुजन चापागाईंको बचाउः म्यानेजर र फेक अकाउन्ट भन्दै पन्छिए
-
कैदीबन्दीको श्रमबाट आम्दानी, बाहिरबाट अभिषेक गिरीको असुली !
-
सम्झौता भएको दुई महिनासम्म टेन्डर प्रक्रिया नै भएन सुरु
-
राष्ट्रिय सुरक्षाको चिन्ताबिच अमेरिकी साइबर निकायहरूलाई एआई मोडेल ‘मिथोस–५’ प्रयोगको अनुमति
-
पाँच वर्षमा सरकारी सहुलियत लिने क्यान्सरका बिरामी २८ हजार नाघे
-
झापामा चैते धानको खेती र उत्पादन खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण