ट्रम्पद्वारा बिल क्लिन्टनको एपस्टिन सम्बन्धमा अनुसन्धान गर्न न्याय विभागलाई आग्रह
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिल क्लिन्टन र जेफ्री एपस्टिनबिचको सम्बन्धको अनुसन्धान गर्न आग्रह गरे।
- ट्रम्पले इमेललाई ध्यान भङ्ग गर्ने प्रयासको रूपमा प्रस्तुत गर्दै रुसी हस्तक्षेपसँग तुलना गरे।
- ट्रम्पले एपस्टिन डेमोक्रेट भएको र यो डेमोक्र्याटको समस्या भएको दाबी गरे।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना डेमोक्रेटिक पूर्ववर्ती बिल क्लिन्टन र दिवंगत यौन अपराधी जेफ्री एपस्टिनबिचको सम्बन्धको अनुसन्धान गर्न न्याय विभागलाई आग्रह गरेका छन्।
ट्रम्पको यो आग्रह नयाँ सार्वजनिक भएका इमेलहरूले एपस्टिनसँग ट्रम्पको आफ्नै सम्बन्धबारे प्रश्न खडा गरेको केही समयपछि आएको हो। शुक्रबार, ट्रम्पले सामाजिक सञ्जालको प्रयोग गर्दै ती इमेलहरूलाई फेरि एकपटक ध्यान भङ्ग गर्ने प्रयासको रूपमा प्रस्तुत गरे। उनले इमेलहरूलाई सन् २०१६ मा रुसी हस्तक्षेप र उनको राष्ट्रपति अभियानबिचको सम्बन्धको अनुसन्धानसँग तुलना गरे।
ट्रम्पले ती इमेलहरूलाई झूट भन्दै लेखेका छन्, ‘यो अर्को रुस घोटाला हो, जसमा सबै तीरहरू डेमोक्रेट्सतिर लक्षित छन्।’ उनले आफ्नो कार्यको छानबिनलाई डेमोक्रेट्स र वित्तीय संस्थाहरूतिर सार्ने प्रयास पनि गरेको आरोप लगाए । एपस्टिनसँग डेमोक्रेटिक पार्टीको सम्बन्ध आफ्नो भन्दा गहिरो ट्रम्पको दाबी छ ।
ट्रम्पले थप लेखेका छन्, ‘एपस्टिन एक डेमोक्रेट थिए, र उनी रिपब्लिकनको समस्या होइन, डेमोक्रेटको समस्या हो !’ दुई लामो पोस्टमध्ये दोस्रोमा, ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पूर्वराष्ट्रपति क्लिन्टन, साथै क्लिन्टनका अर्थमन्त्री ल्यारी समर्स, रीड होफम्यान र बैंक जेपी मोर्गन चेसबारे अनुसन्धान गर्न आग्रह गर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण