बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य अधिकारी प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय

आइतबार, ३० कात्तिक २०८२, ११ : १२
आइतबार, ३० कात्तिक २०८२

सारांश

  • विमल अधिकारीले माओवादी केन्द्र परित्याग गरी वैकल्पिक राजनीतिक धार निर्माण गर्ने घोषणा गरे।
  • अधिकारीले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र मूल्य, सिद्धान्त र वैचारिक दिशाबाट विचलित भएको आरोप लगाए।
  • उनले नयाँ प्रगतिशील राष्ट्रिय अभियानमार्फत देश र जनताको हितमा काम गर्ने बताए।

काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् कोष तथा लेखा विभागका उपप्रमुख विमल अधिकारीले पार्टी परित्याग गरी प्रगतिशील राष्ट्रिय अभियानमार्फत वैकल्पिक राजनीतिक धार निर्माणमा लाग्ने घोषणा गरेका छन्।

विगत १९ वर्षदेखि माओवादी आन्दोलनमा प्रतिबद्ध रहँदै आएको उल्लेख गर्दै अधिकारीले एक विज्ञप्तिमार्फत प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी केन्द्र मूल्य, सिद्धान्त र वैचारिक दिशाबाट पूर्णतः विचलित भएको आरोप लगाएका छन्। पार्टीभित्र नीति–निर्णयको अस्पष्टता, मूल्यहीन गठबन्धनमा निर्भरता तथा युवापुस्ताको आकांक्षाप्रति बेवास्ता गर्ने प्रवृत्तिले अब संरचनागत सुधार सम्भव नभएको उनको निष्कर्ष छ।

सोही कारण प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलगायत पार्टीको समायोजनबाट बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आफू आबद्ध नभएको उनको भनाइ छ ।

जेनजी विद्रोहपछिको विश्वराजनीतिले दिएको नयाँ चेतना, पारदर्शिता, सिद्धान्त, वैकल्पिक नेतृत्व र प्रगतिशील सोच नेपालको राजनीतिक भविष्यका लागि अपरिहार्य बन्दै गएको उल्लेख गर्दै अधिकारीले अब नयाँ प्रगतिशील राष्ट्रिय अभियान अन्तर्गत देश र जनताको हितमा वैकल्पिक राजनीतिक धारा निर्माणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

download

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप