बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

बुधबार, ०३ मङ्सिर २०८२, ०९ : २६
बुधबार, ०३ मङ्सिर २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् ।
  • छलफल दिउसो ४ बजे सिंहदरबारमा हुने भएको छ, जसमा सरकारका कामबारे जानकारी दिइनेछ ।
  • यसअघि पनि प्रधानमन्त्रीले निर्वाचनको वातावरण बनाउन दलका प्रतिनिधिहरूसँग छलफल गरेकी थिइन् ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । दिउसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

निर्वाचन आयोगमा दर्ता रहेका सम्पूर्ण दलहरुलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने उद्देश्यले छलफल गर्न लागिएको बताइएको छ । 

निर्वाचनको वातावरण बनाउनका लागि यसअघि पनि प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी थिइन् । 

शीर्ष नेताहरूसँग भने प्रधानमन्त्री कार्कीले छलफल गरेकी छैनन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप