इन्टरपोलको ९३औँ महासभामा भाग लिन एआइजी अधिकारीको टोली मोरक्को प्रस्थान
सारांश
- एआइजी अधिकारीको नेतृत्वमा इन्टरपोलको महासभामा भाग लिन टोली मोरक्को प्रस्थान गरेको छ।
- महासभामा अन्तर्राष्ट्रिय अपराध नियन्त्रण र इन्टरपोलका नीतिबारे छलफल हुनेछ ।
- नेपालले पनि महासभामा भाग लिने र विभिन्न देशका प्रतिनिधिहरूसँग छलफल गर्नेछ।
काठमाडौँ । इन्टरपोलको ९३औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजन अधिकारीको टोली मोरक्को प्रस्थान गरेको छ ।
इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा यही मङ्सिर ८ देखि ११ गतेसम्म सञ्चालन हुने महासभामा सहभागी हुन एआइजी अधिकारीसहितको टोली आज साँझ त्यसतर्फ प्रस्थान गरेको हो ।
एआइजी अधिकारीसँगै इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्कासमेत त्यसतर्फ प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
चार दिनसम्म सञ्चालन हुने महासभामा अन्तरराष्ट्रियस्तरमा हुने अपराधको रोकथाम तथा न्यूनीकरणका लागि इन्टरपोलका विभिन्न नीति निर्माणका प्रक्रियाबारे सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ । यस्तै, इन्टरपोलको कार्यकारिणी समितिका विभिन्न रिक्त पदका लागि निर्वाचन र मतदानसमेत हुने कार्यक्रम रहेको छ । महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने र महत्त्वपूर्ण विषयमा मतदानद्वारा निर्णय गरिने प्रावधानअनुसार नेपालले पनि त्यसमा भाग लिने कार्यक्रम रहेको छ ।
एआइजी अधिकारीको नेतृत्वमा सहभागी हुने प्रतिनिधिमण्डलले इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र युएईका प्रतिनिधिसँग समसामयिक विषय छलफल गर्ने कार्यसूची छ । यसैगरी अन्तरराष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउनेलगायत विषयमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनविरुद्ध अर्जेन्टिनाको दोस्रो गोल
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जोर्डनविरुद्ध अर्जेन्टिनाले बनायो अग्रता
-
जोर्डनविरुद्धको खेलमा मेस्सीलाई विश्राम
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण