शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीका प्रशिक्षक भन्छन्– आशा गरिएका ब्याटरले राम्रो खेल्न नसक्दा हार्‍यौँ

सोमबार, ०८ मङ्सिर २०८२, २० : ३१
सोमबार, ०८ मङ्सिर २०८२

काठमाडाैँ । कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको बताएका छन् । 

सुदूरपश्चिम रोयल्सससँग दोस्रो हार बेहोरेपछि कर्णालीका प्रशिक्षक बस्न्यातले मिडल अर्डरमा राम्रा ब्याटर रहेकाले पूरै २० ओभर खेल्दा लक्ष्य सहजै भेट्याउनु खालको रहेको बताए । 

तर, उनीहरूले आफ्नो क्षमता अनुरूप खेल्न नसक्दा हार व्यहोर्नुपरेको उनको भनाई छ । 

सुदूरपश्चिमले अन्तिम ५ ओभर खेल्दा नै ब्याटिङका लागि पिचले मद्दत गरेको उनले बताए । प्रशिक्षक बस्न्यातले अझै चार खेल बाँकी रहेको र त्यसमा राम्रो गर्दै प्लेअफमा पुग्न मिहेनत गर्ने आशा व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप