सुदूरपश्चिमपछि लुम्बिनी पुग्याे नेकपाको एकता सन्देश सभा
शनिबार, १३ मङ्सिर २०८२, १५ : ३०
बुटवल । नेपाली कम्युनिस्ट पार्टीले शनिबार लुम्बिनी प्रदेशस्थित दाङको देउखुरीमा एकता सन्देश सभा सुरु भएको छ । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज देउखुरीमा सन्देश सभा हुन लागेको हो ।
सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल, वामदेव गौतम, वर्षमान पुन लगायतका नेताहरू पुगेका छन् ।
विभिन्न सांस्कृतिक समूह प्रस्तुति अहिले गरिरहेछन् । यसअघि नेकपाले शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो ।
घोषित कार्यक्रम अनुसार गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा हुनेछ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण