बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा
बुधबार, २७ असार २०७५, ०२ : ०५
काठमाडौं– बेल्जियमलाई १–० हराउँदै फ्रान्स रसियामा जारी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलको ५१ औं मिनेटमा फ्रान्सका सामुएल उमतितिले हानेको गोल नै निर्णायक बन्यो । उनले हेडमार्फत आकर्षक गोल गरेका थिए ।
५१ औं मिनेटमा सामुएलको गोल पछि डिफेन्स खेलेको फ्रान्सको पोस्टमा बेल्जियमका खेलाडीले एकपछि अर्को प्रहार गरेपनि गोल हुन सकेन । १–० गोलको हारसँगै बेल्जियम सेमिफाइनबाटै घर फर्किएको छ ।
फ्रान्सले अब इङ्ल्याण्ड र क्रोएशियाबीचको विजेतासँग फाइनल खेल्नेछ ।
फ्रान्स सन् १९९८ को विश्वविजेता पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशमा सम्पन्न यू–१९ आमन्त्रित भलिबलमा नेपाल दोस्रो
-
रुकुम पश्चिममा ट्रककाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु
-
इलामको उपनिर्वाचनपछि सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव
-
मध्यवर्ती सामुदायिक वन संरक्षणमा छैन चासो, काठ बेचेर कमाउनै ध्यान
-
इसिमोडको कार्यक्रममा सहभागी हुन योजना आयोगका उपाध्यक्ष श्रेष्ठ थिम्पु प्रस्थान
-
बुटवलमा खानेपानी अभाव, झुम्सा खानेपानी आयोजना अधुरै