बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटमा पाँच घर जलेर नष्ट, लाखौँको क्षति

सोमबार, १७ वैशाख २०८१, २१ : ३३
सोमबार, १७ वैशाख २०८१

रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वास्थित ट्रान्सफर चोकमा आगलागीबाट पाँचघर जलेर नष्ट भएको छ । स्थानीय सरोज बैठा, नवल सहनी, दोरीक सहनी र छठू साह सोनारको घर  जलेर नष्ट भएको हो ।

आगलागी हुँदा घरमा रहेको मालसामान जलेर नष्ट भएको छ। खाधन सामग्रीसहित घरायसी सरसमान लगायत लाखौं रुपैयाँ बराबरको समान जलेर नष्ट भएको छ। शुक्रवार साँझ ७ बजे सत्रुधन बैठा धोवीको घरमा खाना पकाउने क्रममा अचानक आगलागि सुरु भएको प्रहरीले जनाएको । 

आगलागीबाट अन्नपात, लत्ताकपडा गरी  १० लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए । प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

उता, जिल्लाकै राजदेवी नगरपालिका ९ ब्रहमपुरी कालिमन्दिर बस्ने बच्चा सिंहको घरमा पनि अगलागी भएको छ । सोमबार बिहान खाना पकाउने चुलोबाट सल्किएर आगलागी भएको बताइएको छ । आगलागबाट घरमा रहेको मोटरसाइकल १ थान, साइकल ३ थानसहित ११ लाख ७३ हजार बराबरको धनमाल जलेर नष्ट भएको  एसपी हुमागाईंले बताए ।

घटनालगत्तै सशस्त्र प्रहरी, गौर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप