रौतहटमा पाँच घर जलेर नष्ट, लाखौँको क्षति
रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका ५ बडहर्वास्थित ट्रान्सफर चोकमा आगलागीबाट पाँचघर जलेर नष्ट भएको छ । स्थानीय सरोज बैठा, नवल सहनी, दोरीक सहनी र छठू साह सोनारको घर जलेर नष्ट भएको हो ।
आगलागी हुँदा घरमा रहेको मालसामान जलेर नष्ट भएको छ। खाधन सामग्रीसहित घरायसी सरसमान लगायत लाखौं रुपैयाँ बराबरको समान जलेर नष्ट भएको छ। शुक्रवार साँझ ७ बजे सत्रुधन बैठा धोवीको घरमा खाना पकाउने क्रममा अचानक आगलागि सुरु भएको प्रहरीले जनाएको ।
आगलागीबाट अन्नपात, लत्ताकपडा गरी १० लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए । प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
उता, जिल्लाकै राजदेवी नगरपालिका ९ ब्रहमपुरी कालिमन्दिर बस्ने बच्चा सिंहको घरमा पनि अगलागी भएको छ । सोमबार बिहान खाना पकाउने चुलोबाट सल्किएर आगलागी भएको बताइएको छ । आगलागबाट घरमा रहेको मोटरसाइकल १ थान, साइकल ३ थानसहित ११ लाख ७३ हजार बराबरको धनमाल जलेर नष्ट भएको एसपी हुमागाईंले बताए ।
घटनालगत्तै सशस्त्र प्रहरी, गौर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण