बारामा चिरान मिलमा छापामारी गर्दा सय क्युफिट काठ बरामद

बारा । डिभिजन वन कार्यालयबाट खटिएको गस्ती टोलीले बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ मा रहेको एक चिरान मिलमा छापामारी गरी करिब एक सय क्युफिट काठ नियन्त्रणमा लिएको छ ।
सव डिभिजन वन कार्यालय मधुवनले पिपरा चिरान मिलमा छापामारी साल प्रजातिको ८ थान, सिसौका ३ थान, टिक २ थान र सालको चिरान कडी १० थान गरी करिब १ सय क्युफिट बरामद गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
सव डिभिजन वन कार्यालय मधुवनका बन अधिकृत सञ्जयकुमार चौधरीको कमान्डमा जनपद प्रहरी,सशस्त्र प्रहरी र सशस्त्र वन रक्षक सहितको टोली आइतबार चिरान मिलमा पुगेर घेराबन्दी गरी खोजतलास गर्ने क्रममा सो परिणामको काठ फेला परेको हो ।
सोही क्रममा मिलको आसपासमा रहेको केही घर,खेत तथा आँगनको अगाडिबाट बेवारिसे अवस्थामा राखिएको काठ नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको काठ आफ्नो भएको दाबी गर्न कोही नआएको वन कार्यालयले जनाएको छ । मधुवन सव डिभिजनका प्रमुख अब्दुल करिमले काठ नियन्त्रणमा लिएको चिरान मिल रामधामी कुर्मीको रहेको बताएका छन् ।
उनले जङ्गलमा काटिएको रुखको अनुसन्धान गर्दै जाँदा काठ चिरान मिलमा फेला परेको र साइकलको चक्काको चिन्हलाई पछ्याउँदै जाँदा बिशेष सुराकीको आधारमा काठ बरामद गर्न सफल भएको बताए ।
बरामद भएको काठ सब डिभिजन बन कार्यालय मधुवनमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !