बंगलादेशमा सम्पन्न यू–१९ आमन्त्रित भलिबलमा नेपाल दोस्रो
मङ्गलबार, १८ वैशाख २०८१, ११ : २०
काठमाडौँ । बंगलादेशमा सम्पन्न यू‐१९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा नेपाली टोली दोस्रो भएको छ । बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेपाली टोली आयोजक बंगलादेशको रातो टोलीसँग पराजित भएको थियो ।
बंगलादेश निलोलाई हराउँदै नेपाली टोली प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसपछि नेपाली टोलीले बंगलादेशको रातो टोलीसँग फाइनलमा भिडन्त पक्का गरेको थियो ।
उक्त प्रतियोगितामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै भक्तपुरबाट खेलाडीहरु सुरेश मल्ल, यज्ञराज जोशी, अभिषेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, ईज्जत दनै, सशी पुलामी मगर र भुवन तामाङ बंगलादेश गएका थिए ।
बंगलादेश गएको नेपाली टोलीको ब्यवस्थापकमा दीपक थापा, प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा जनकबहादुर खड्का रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण