मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

खरबुजा खाए लगत्तै खानु हुन्न यी चिजहरू

मङ्गलबार, ०४ वैशाख २०८१, २० : ०१
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ । यो रसिलो फल खान त स्वादिलो हुन्छ नै यसको सेवनले ताजगी र शीतलताको अनुभूति पनि गराउँछ । बच्चादेखि बुढाबुढीसम्म हरेक उमेर समूहका मानिसलाई यो फल मन पर्छ । यो फलको स्वाद त मिठो छ नै हाम्रो स्वास्थ्यको लागि पनि यो लाभदायक छ । 

तर, खरबुजा खाने बित्तिकै खान नहुने केही चीजहरू पनि छन् । के हुन् ती चिजहरू ? अनि किन खानु हुँदैन आजको यस लेखमा हामीहरू यसैबारे कुराकानी गर्नेछौँ ।

खरबुजा खाएपछि नखानुस् यी चिजहरू

जुनसुकै फलफूल खाने बित्तिकै तुरुन्तै पानी पिउनु हुँदैन । फलफूल खाए लगत्तै पानी पिउँदा पेटमा एसिडिटीको समस्या हुन सक्छ । फलफूल खाएको आधा घण्टापछि मात्रै पानी पिउनुपर्ने बताइन्छ ।

प्रोटिनको मात्रा धेरै भएका दाल, दही र बदाम जस्ता खानेकुरा खरबुजा खाने बित्तिकै खानु हुन्न । यसो गर्दा पाचन सम्बन्धी समस्या निम्तन सक्छ । त्यसैगरी अण्डालगायत ओमेगा–३ फ्याटी एसिड भरपुर भएका खानेकुरा पनि खरबुजासँग खानु हुँदैन ।  यसो गर्दा पेट फुल्ने वा कब्जियत हुने हुन सक्छ । तारेको वा भुटेको खानेकुरा यसै पनि स्वास्थ्यका लागि राम्रो मानिदैन । तर खरबुजा खानेबित्तिकै यस्ता खानेकुरा खाँदा मुटु वा रक्तनलीसम्बधी समस्या उत्पन्न हुने खतरा बढ्छ ।

गर्मीम धेरै चिसो मानिस खरबुजालाई फ्रिजमा राखेर चिसो बनाएर खान्छन् । तर चिसो पारेर खरबुजा खाँदा पाचन शक्तिमा प्रतिकूल असर पर्न सक्छ । पेट कराउने वा पाचनसम्बन्धी अन्य समस्याहरू निम्तिन सक्छ । खरबुजा खाए लगत्तै दूध पिउनु पनि हानिकारक हुन सक्छ । खरबुजामा पाइने भिटामिन सी र दूधमा पाइने प्रोटिन मिसिएर पेट फुल्ने समस्या निम्त्याउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप