खरबुजा खाए लगत्तै खानु हुन्न यी चिजहरू
काठमाडौँ । गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ । यो रसिलो फल खान त स्वादिलो हुन्छ नै यसको सेवनले ताजगी र शीतलताको अनुभूति पनि गराउँछ । बच्चादेखि बुढाबुढीसम्म हरेक उमेर समूहका मानिसलाई यो फल मन पर्छ । यो फलको स्वाद त मिठो छ नै हाम्रो स्वास्थ्यको लागि पनि यो लाभदायक छ ।
तर, खरबुजा खाने बित्तिकै खान नहुने केही चीजहरू पनि छन् । के हुन् ती चिजहरू ? अनि किन खानु हुँदैन आजको यस लेखमा हामीहरू यसैबारे कुराकानी गर्नेछौँ ।
खरबुजा खाएपछि नखानुस् यी चिजहरू
जुनसुकै फलफूल खाने बित्तिकै तुरुन्तै पानी पिउनु हुँदैन । फलफूल खाए लगत्तै पानी पिउँदा पेटमा एसिडिटीको समस्या हुन सक्छ । फलफूल खाएको आधा घण्टापछि मात्रै पानी पिउनुपर्ने बताइन्छ ।
प्रोटिनको मात्रा धेरै भएका दाल, दही र बदाम जस्ता खानेकुरा खरबुजा खाने बित्तिकै खानु हुन्न । यसो गर्दा पाचन सम्बन्धी समस्या निम्तन सक्छ । त्यसैगरी अण्डालगायत ओमेगा–३ फ्याटी एसिड भरपुर भएका खानेकुरा पनि खरबुजासँग खानु हुँदैन । यसो गर्दा पेट फुल्ने वा कब्जियत हुने हुन सक्छ । तारेको वा भुटेको खानेकुरा यसै पनि स्वास्थ्यका लागि राम्रो मानिदैन । तर खरबुजा खानेबित्तिकै यस्ता खानेकुरा खाँदा मुटु वा रक्तनलीसम्बधी समस्या उत्पन्न हुने खतरा बढ्छ ।
गर्मीम धेरै चिसो मानिस खरबुजालाई फ्रिजमा राखेर चिसो बनाएर खान्छन् । तर चिसो पारेर खरबुजा खाँदा पाचन शक्तिमा प्रतिकूल असर पर्न सक्छ । पेट कराउने वा पाचनसम्बन्धी अन्य समस्याहरू निम्तिन सक्छ । खरबुजा खाए लगत्तै दूध पिउनु पनि हानिकारक हुन सक्छ । खरबुजामा पाइने भिटामिन सी र दूधमा पाइने प्रोटिन मिसिएर पेट फुल्ने समस्या निम्त्याउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण