मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिममा ट्रककाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु

मङ्गलबार, १८ वैशाख २०८१, ११ : १०
मङ्गलबार, १८ वैशाख २०८१

सुर्खेत। रुकुम पश्चिममा ट्रककाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ खाराका ४५ वर्षीय जयबहादुर गिरी रहेका छन्।

त्रिवेणी गाउँपालिका-४, सिम्रुतु भन्ने स्थानमा आज बिहान रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले गिरी सवार रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका -७, निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप