मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

इसिमोडको कार्यक्रममा सहभागी हुन योजना आयोगका उपाध्यक्ष श्रेष्ठ थिम्पु प्रस्थान

मङ्गलबार, १८ वैशाख २०८१, १० : ५८
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ भुटानको थिम्पु प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को ५५औँ बोर्ड अफ गभर्नर बैठकमा सहभागी हुन नेपालका तर्फबाट उपाध्यक्ष डा. श्रेष्ठ मंगलबार थिम्पु प्रस्थान गरेका हुन् ।

इसिमोडको बोर्ड सदस्यमा नेपालसहित चीन, अफगानिस्तान, बंगलादेश, भुटान, भारत, म्यानमार र पाकिस्तान छन् । बोर्ड अफ गभर्नर बैठकले २०२३ को वार्षिक प्रगति समीक्षा र २०२५-२६ को बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिनेछ ।बोर्ड बैठक पश्चात् पर्यावरणीय संरक्षणसँग सम्बन्धित विभिन्न आयोजना अवलोकन गर्ने कार्यक्रम समेत छ । 

८ वटा देश सदस्य भएको इसिमोडको प्रधान कार्यालय काठमाडौँमा छ । बोर्ड बैठकमा सहभागी भएर उपाध्यक्ष श्रेष्ठ मे ५ मा स्वदेश फर्कने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप