अर्घाखाँचीमा जलेर एक बालिकाको मृत्यु
सोमबार, १७ वैशाख २०८१, २२ : २२

बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा सोमबार साँझ आगोले जलेर एक बालिकाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका–५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी उनकी ४ वर्षीया नातिनी अप्सरा विकको जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतित सिंह राठोरले जलेर बालिकाको मृत्यु भएको बताए । आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन् । हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घरभित्र रहेकी बालिकाको जलेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित