इलाम–२ मा पहिचान पक्षधर उम्मेदवारको हार
मङ्गलबार, १८ वैशाख २०८१, ०७ : ०५

काठमाडौँ । इलाम २ को उपनिर्वाचनमा पहिचान पक्षधर भनेर प्रचार गरिएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुको हार भएको छ । मंगलबार बिहान सार्वजनिक उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार लिम्बु पराजित भएका हुन् ।
उनलाई पहिचानवादीहरुको समर्थन रहेको थियो भने मुढा चुनाव चिह्न लिएर मैदानमा होमिएका उनले ११ हजार ४५७ मत पाए । जवकि विजयी भएका एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २१ हजार ९४२ मत पाए । डकेन्द्रलाई कांग्रेस उम्मेदवार डम्बर खड्काले पनि पछि पारे ।
डेकेन्द्र सिंह लिम्बु पहिचानवादी आन्दोलनका एक हस्ती हुन्। उनैलाई पहिचान पक्षधरले साझा उम्मेदवारको रुपमा अघि सारेका थिए भने केही साना दलको समेत समर्थन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन