शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इलामको उपनिर्वाचनपछि सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव

मङ्गलबार, १८ वैशाख २०८१, ११ : ०५
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन् ।

इलाम–२ मा जनमत पार्टीले ११८ अर्थात ०.१७ प्रतिशत मत पायो यो कम भए पनि अपेक्षाभन्दा फरक चाहिँ नरहेको उनले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ७.३ प्रतिशत मत ल्याउनु राम्रो हो, तर त्यो दलको पनि जमानत नजोगिएको अध्यक्ष राउतको विश्लेषण छ ।

उनले भने, ‘इलामको मत परिणामले धेरैको लागि धेरै अर्थ राख्ला तर एउटा कुरा निश्चित के छ भने यही व्यवस्था रहने हो र नौलो गणतन्त्र नआउने हो भने २०८४ मा पनि कुनै नयाँ कुरा हुनेवाला छैन ।’

अगामी दिनमा झन् पुराना पार्टी र पात्रहरूकै बिगबिगी रहने दाबी गर्दै उनले भने, ‘फेरि गठबन्धनकै सरकार बनिरहने छन्, प्रदेश सरकारहरू फेरि हरेक महिना दुई–महिनामा ढली रहने छन्, गठबन्धनको बैठकमा भागबन्डाको विषयले मात्रै प्रवेश पाइ राख्नेछ, देशको अर्थतन्त्र र देश डुबिरहनेछ, युवाहरू विदेश पलायन भई राख्ने छन्, र चेतना फैलाउने वा विरोध गर्नेहरू पक्राऊ परि राख्ने छन् ।’

जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो फेसबुकमा इलाम र बझाङको चुनावबाट जनताले पनि पुनर्विचार गर्नु  जरुरी रहेको उल्लेख गरेका छन् । मत नयाँलाई नदिने, अनि  सारा आकाशपाताल उथलपुथल गरिदिने अपेक्षा अझै हामीबाटै गर्ने अलि उचित भयो त ?’ उनले भनेका छन्, ‘रास्वपाको नेतृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो, मैले आन्दोलनको लागि पटक पटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई–तिहाइ एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो ।’

उनले रास्वपालाई भनेका छन्, ‘बारा र इलाममा जमानत जफत भएको भोग्नु भयो, विचार गर्नुहोला । शुभ चिन्तकको नाताले मात्रै खुलेआम भन्दैछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप