मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कर्णालीका मुख्यमन्त्री यामलाललाई आफ्नै दलभित्रको समस्या मिलाउन हम्मेहम्मे !

आजै सरकार विस्तार हुने एमाले स्रोतको दाबी, माओवादीले मन्त्रीको नाम सिफारिस गरिसक्यो
मङ्गलबार, १८ वैशाख २०८१, ०८ : ४६
मङ्गलबार, १८ वैशाख २०८१

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई आफ्नै दलभित्रको समस्या मिलाउन सकस भइरहेकाले सरकार विस्तार हुन सकिरहेको छैन । एमालेभित्र कुन गुटबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुरा मिल्न नसकेको स्रोतको दाबी छ । 

एमालेभित्र एउटा गुटको नेतृत्व कँडेलले गरेका छन् भने अर्को गुटको नेतृत्व सांसद विनोद कुमार शाहले गरिरहेका छन् । शाह यसअघि संसदीय दलको नेतामा समेत उठ्न चाहिरहेका थिए । पछि पार्टी केन्द्रले यामलाललाई नै सपोर्ट गर्न भनेपछि उनी ब्याक भएका थिए । 

प्रदेश सभामा १० सिट मध्ये शाहसँग ३–४ जना सांसद रहेका छन् भने बाँकी कँडेलसँग बहुमत सांसद छन् । सत्तारुढ दलहरूबिच भागबन्डा अनुसार एमालेको भागमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालय परेको छ । 

शाहको टिमबाट मन्त्रीका लागि शाहसहित अर्को एक जना सांसदको नाम पनि चर्चामा छ । कँडेलले शाहलाई कानुन मन्त्रालय दिन चाहन्छन् तर शाह यसअघि अर्थ मन्त्री भइसकेकाले कानुन मन्त्रालय बाहेक भौतिक कि कृषिमा जान चाहन्छन् । शाह पार्टीभित्र यामलाल पछिका सिनियर नेता पनि भएकाले उनी मन्त्री हुनेमा विश्वस्त छन् । दल मुख्यमन्त्री कँडेलले अहिलेसम्म आफ्नो दलभित्र कुनै छलफल नगरेको एमाले सांसदहरू बताउँछन् । स्रोतले भन्यो, ‘जिम्मेवारी सबै दल नेतालाई दिइएको हो, तर अहिलेसम्म न दलको बैठक बसेको छ न हामीसँग कुनै छलफल भएको छ ।’ 

कँडेलले कुनै छलफल नगरे पनि शाह सबै हिसाबले महत्त्वपूर्ण मन्त्रालय पाउनेमा आशावादी छन् । अर्को एमालेका प्रमुख सचेत टेकराज पछाईं जुम्लामा छन् । एमाले अधिवेशनमा सहभागी हुन उनी जुम्लामा छन् । पछाईं पनि मन्त्रीका लागि सम्भावित व्यक्ति भए पनि उनी यो पटक मन्त्री बन्ने सम्भावना कम रहेको एमाले स्रोतको भनाइ छ । किनकि यामलालका विश्वासपात्र मानिएका पछाईं यसअघि मन्त्री भइसकेका छन् । एमालेबाट विनोद शाह, दक्षिणा शाही, शेरबहादुर बुढा, जीतबहादुर मल्ल मन्त्रीका लागि सम्भावित नामहरु हुन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई जना सांसदलाई नछुटाउनु भन्ने सन्देश दिएका छन् । ओलीले शेरबहादुर बुढा र विनोद शाहलाई मन्त्री जसरी पनि बनाउनु भन्ने सन्देश दिएको स्रोतको दाबी छ । बुढा अहिले कँडेल टिमभित्रै छन् ।

एमालेका एक सांसदले पार्टीभित्रकै समस्याले सरकार विस्तार नभएको प्रस्ट पारे । एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले भने, ‘केही कारणले ढिलाइ भएको हो, मन्त्री बनाउनका लागि पार्टी केन्द्रले क–कसलाई भन्छ ।’ 

माओवादीले भने मन्त्रीका लागि नाम सिफारिस गरिसकेको छ । आइतबार नै माओवादीले तीन जनाको नाम सिफारिस गरिसकेको हो । यसअघि रणसिं परियार मन्त्री भइसकेका छन् भने बाँकी सिफारिस गरिएकामा महेन्द्र केसी, दुर्ग रावत र वीरबहादुर शाही रहेको स्रोतको भनाइ छ ।

सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कँडेलले मन्त्री नहुँदा कुनै काम नरोकिएको र केही दिनभित्र पूर्ण सरकार देखिने बताए । यद्यपि समस्याको विषयमा भने उनले भनेनन् । उता पूर्व मुख्यमन्त्री एवम् माओवादी संसदीय दलका नेता राजकुमार शर्माले माओवादीका कारण सरकार विस्तारमा कुनै समस्या नरहेको सांसदमै प्रस्ट पारे ।  ‘बाहिर माओवादीका कारण सरकार विस्तार हुन सकेन भन्ने पारिएको छ, यो हैन,’उनले भने, ‘हामीले चाहेर ढिला भएको पनि हैन, प्रदेशले चाहेर उथलपुथल भएको पनि छैन । मुख्यमन्त्रीका केही बाध्यता र विवशताका कारण सरकार गठनमा ढिलाइ भएको होला ।’ 

माओवादीले भने मन्त्रीका लागि नाम सिफारिस गरिसकेको छ । आइतबार नै माओवादीले तीन जनाको नाम सिफारिस गरिसकेको हो । यसअघि रणसिं परियार मन्त्री भइसकेका छन् भने बाँकी सिफारिस गरिएकामा महेन्द्र केसी, दुर्ग रावत र वीरबहादुर शाही रहेको स्रोतको भनाइ छ । तर, विन्दमान विष्ट पनि मन्त्रीका आकाङ्क्षी हुन् । 

मुख्यमन्त्री कँडेलले माओवादीबाट एक जना महिला प्रतिनिधि पठाइदिन आग्रह गरेका छन् । तर माओवादीले दलित प्रतिनिधि पठाइसकेकाले महिला नपठाउने भनेको छ । ‘हाम्रोबाट म (दलित प्रतिनिधि) मन्त्री भइसकेको छ, हाम्रोबाट महिला हुँदैन, त्यो मुख्यमन्त्रीले आफ्नै दलबाट बनाउनुपर्छ,’ बिना विभागीय मन्त्री समेत रहेका परियारले भने, ‘त्यो हाम्रो समस्या हैन ।’ 

चैत्र २७ गते मुख्यमन्त्री बनेका कँडेलले अहिलेसम्म सरकार गठन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । कँडेल निकट स्रोतले भने आज मंगलबार नै सरकारले पूर्णता पाउने  दाबी गर्यो । ‘हिजो नै सरकार विस्तार भइसक्थ्यो, प्रदेश सभा चलेकाले ढिलाइ भएको हो,’स्रोतले भन्यो, ‘आज जसरी भए पनि सरकार विस्तार हुन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप