१२ कक्षाको प्रश्नपत्र आउट गर्ने २ जना पोखराबाट पक्राउ
सोमबार, १७ वैशाख २०८१, १९ : ००

पोखरा । १२ कक्षाको प्रश्न पत्र आउट गरेको आरोपमा दुईजना पोखराबाट पक्राउ परेका छन् । पोखरा ११ फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट आउट गरेको आरोपमा सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
आइतबारको प्रश्न पत्र आउट गरेको उजुरी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारमा परेको थियो । पोखरा ११ फूलबारी बस्ने ३९ वर्षका नारायण बास्तोला र सोही ठाउँका ३७ वर्षीय रामचन्द्र बास्तोलालाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त कुमार शर्माले जानकारी दिए ।
उनीहरूको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान पनि बरामद गरिएको शर्माले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?