बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बझाङमा एमाले कांग्रेसको कडा टक्कर, मष्टाको मत गन्दा दमन नौ मतले अगाडि

सोमबार, १७ वैशाख २०८१, १० : ४४
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । बझाङ प्रदेश सभा सदस्यको मतगणनामा एमाले र कांग्रेस उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ । मत गणनाका क्रममा कहिले कांग्रेस उम्मेदवार अभिषेक सिंह र कहिले एमाले उम्मेदवार दमन भण्डारीले अग्रता लिँदा नतिजा रोचक मोडमा गएको छ । 

पछिल्लो मतगणनाअनुसार एमाले उम्मेदवार भण्डारी नौ मतले लिड गरेका छन् । भण्डारीले ९ हजार ८८९ मत ल्याउँदा कांग्रेस उम्मेदवार सिंहले ९ हजार ८८० मतसहित पछ्याउन पुगेका छन् । 

त्यस्तै माओवादीका उम्मेदवार जनक बुढाले ३ हजार ६६३ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४०५ मत पाएका छन् ।

अहिले सम्म जयपृथ्वी नगरपालिका, खप्तड छान्ना, छविसपाथिभेरा, थलारा र सुर्माको सबै वडाको मतगणना सकिएको छ भने मस्टा गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप