धोबीखोलामा साइकलसहित मृत फेला परेका पुरुषको सनाखत
बिहीबार, १८ मङ्सिर २०८२, ०९ : २७
सारांश
- काठमाडौँको धोबीखोलामा साइकलसहित एक पुरुष मृत फेला परेका छन्।
- मृत्यु हुनेमा काभ्रेपलाञ्चोकका ५० वर्षीय ललित गिरी रहेको पहिचान भएको छ।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र मृत्युको कारण खुल्न बाँकी छ।
काठमाडौँ । काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोलामा साइकलसहित एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहीबार बिहान करिब ६:५० बजेको समयमा काठमाडौँ महानगरपालिका-२९ मा शव फेला परेको हो।
मृतकको पहिचान काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१ घर भई हाल शंखमुल बस्ने करिब ५० वर्षीय ललित गिरीका रूपमा भएको छ। मृतककी श्रीमतीले गिरीको सनाखत गरेको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमा प्रहरी टोली खटिएको र लास जाँच मुचुल्काको कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानको कार्य अगाडि बढाइएको छ। मृत्युको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
-
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण