जनकपुरधाममा दुई दिने लैङ्गिक समानता मेला हुने
जनकपुरधाम । जनकपुरधाममा दुई दिने लैङ्गिक समानता मेला हुने भएको छ । सोमबारदेखि मंगलबारसम्म हुने मेलामा सिर्जनशीलता, कला, खेलकुद र प्रविधिमैत्री कार्यक्रममार्फत लैङ्गिक समानता र लैङ्गिक हिंसा अन्त्यको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिइने छ ।
मधेसको खेलकुद तथा सामाजिक विकास मन्त्रालय संयोजनमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग, मधेसी आयोग तथा लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सञ्जालको सहकार्यमा मेलाको आयोजना हुन लागेको हो । ‘सुरक्षा र न्याय कार्यक्रम’ अन्तर्गत पिपुल इन नीड, हामी दाजुभाइ र दिव्य विकास स्रोत केन्द्र मुख्य साझेदार रहेका छन् ।
मेलाको उद्घाटन अन्तरपुस्ता सम्वादमार्फत गरिनेछ । सो क्रममा मधेश प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाले लैङ्गिक हिंसासम्बन्धी कानूनी जानकारी र जनचेतना कार्यक्रम सञ्चालन गर्ने छन् ।
मेलाले नीतिगत व्यवस्था र व्यवहारिक वास्तविकता बीचको अन्तर कम गर्दै लैङ्गिक हिंसा अन्त्य र लैङ्गिक न्यायका प्रयासलाई सुदृढ गर्ने उद्देश्य राखेको आयोजकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण