राप्रपा सांसद बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश
मङ्गलबार, २३ मङ्सिर २०८२, १६ : १४
सारांश
- सर्वोच्च अदालतले राप्रपाबाट निर्वाचित प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दियो।
- न्यायाधीश बालकृष्ण ढकालको इजलासले बिच्छालाई प्रदेशसभा सदस्यको रूपमा काम गर्न नरोक्न अन्तरिम आदेश जारी गर्यो।
- राप्रपाले बिच्छालाई मन्त्री नियुक्त गरेको भन्दै पदबाट हटाउने निर्णय गरेको थियो, जसको विरुद्ध उनी सर्वोच्च गएकी थिइन्।
काठमाडौँ । सर्वोच्च अदालतले राप्रपाबाट निर्वाचित मधेस प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको इजलासले मंगलबार बिच्छालाई प्रदेशसभा सदस्यको हैसियतले नियमित कार्य गर्नबाट वञ्चित नगर्नु भनी अन्तरिम आदेश दिएको हो ।
अदालतले सांसद बिच्छालाई पदबाट हटाएको भनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेस प्रदेशसभामा पेश गरेको पत्र कार्यान्वयन नगर्न/नगराउन भनी आदेश समेत दिएको छ ।
पार्टीको निर्णय विपरीत मधेस प्रदेशमा एमालेका सरोजकुमार यादव नेतृत्वको अघिल्लो सरकारमा मन्त्री नियुक्त भएको भन्दै बिच्छालाई स्पष्टीकरण सोधेको थियो । बिच्छाको स्पष्टीकरण चित्त नबुझेको भन्दै राप्रपाले सांसद पदबाट हटाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध उनी सर्वोच्च गएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण