जङ्गली हात्ती गाउँ पसेर उपद्रो मच्चाएपछि...
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेका स्थानीयवासीले गुनासो गरेका छन् ।
स्थानीयवासी श्यामनारायण चौधरीका अनुसार गत शनिबार रातिमात्र स्थानीय अमृत अधिकारीको घरका बार भत्काएर अन्न क्षति गरेको थियो । यसैगरी, स्थानीय पर्शुराम हुजदारले आफ्नो घरको भकारीमा राखेको धान हात्तीले क्षति गरेको जानकारी दिए । मध्यरातमा हात्ती प्रवेश गरेर घर वरिपरि बिरुवा खाने र भकारी भत्काएर धान खान थालेको उनले बताए ।
हात्ती रातिका समयमा गाउँमा प्रवेश गर्न थालेपछि कतिपय गाउँले रातभरि आगो बालेर हात्ती धपाउन जाग्राम नै बस्नुपरेको स्थानीयवासी सीताराम चौधरीले बताए । चिसो बढेसँगै हात्ती गाउँ प्रवेश गरेर बिगार तथा उपद्रो गर्न थालेको स्थानीय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण